विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु

विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु

अहमदावाद । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट आज देखि भारतमा सुरु हुँदैछ । गुजरातको अहमदावादमा साविक विजेता इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुनेछ ।

विश्वकप छनोटबाट छानिएका र विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाएका १० देशहरुबीच प्रतिस्पर्धा हुनेछ । सहभागी १० टिमहरुले लिग चरणमा खेल्ने र शीर्ष चारले सेमिफाइलनल खेल्ने तालिका रहेको छ ।

विश्वकपमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका श्रृलंका र नेदल्याण्ड रहेका छन् । प्रतियोगीताको फाइनल खेल १९ नोभेम्बरमा हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com