दीपिका पादुकोणले विश्वकप फुटबलको ट्रफी अनावरण गर्ने

दीपिका पादुकोणले विश्वकप फुटबलको ट्रफी अनावरण गर्ने

एजेन्सी । कतारमा यतिबेला फिफा विश्वकप फुटबल जारी छ । फुटबलको फाइनल खेल यहि १८ डिसेम्बरमा हुनेछ । फाइनल खेलमा बलिउड अभिनेत्री दीपिका पादुकोण विशेष रहने छिन् । दीपिकालाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ ।

दीपिकाले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।

पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाएकी हुन्

दीपिका पादुकोणको चर्चा भारतमा मात्र नभई अन्य देशमा पनि हुने गरेको छ । दीपिका पादुकोणले हलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् । अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछिन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।

यद्यपी यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ । दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com