प्रिमियर लिगमा लिभरपुलको सहज जीत

प्रिमियर लिगमा लिभरपुलको सहज जीत

लन्डन । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ । लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित निकाल्दै लिगको शीर्ष चारमा नै रहने सम्भावना बलियोसमेत बनाएको छ ।

किङपावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जित पछि उसको चौथो स्थानमा उक्लिने सम्भावना बलियो बन्दै गएको हो । सो खेलको ३३औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १–० को अग्रता लिन सुरु गरेको थियो र त्यसको तीन मिनेट पछि नै अथाएत ३६औं मिनेटमा जोन्सले मोहम्मद सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोलसँगै लिभरपुल पहिलो हाफमा २–० ले अग्रता लिन सफल भयो ।

 दोस्रो हाफको ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले थप गोल  गरे पछि लिभरपुल सहज रुपमा ३–० को अग्रता कायम गर्न सफल हुन पुग्यो । त्यसपछि दुवै टोलीवाट कुनै गोल हुन सकेन र अन्ततः खेल ३–० मा नै टुंगियो ।

यस जितसँगै लिभरपुलले ३६ खेलबाट ६५ अंक बटुेलेको छ भने पराजित लेस्टर समान ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा सिमित रहन पुगेको छ । पछिल्लो यो जीतसँगै पाचौं स्थानमा रहेको लिभरपुललाई चौथौं स्थानमा जानका लागि थप सहज भएको छ ।  

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com