इंग्लिस प्रिमियम लिगः म्यानचेस्ट सिटी शीर्षस्थानमा उक्लियो

इंग्लिस प्रिमियम लिगः म्यानचेस्ट सिटी शीर्षस्थानमा उक्लियो

लन्डन । इंग्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ । घरेलु मैदान इतिहाद स्डेडियममा बुधवार राती भएको खेलमा वेस्ट हामलाई ३–० ले पराजित गर्दै सिटी शिर्षस्थानमा उक्लन सफल भएको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९औँ मिनेटमा नाथन एकेले  बेस्ट हामबिरुद्ध गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । र, ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपे पछि  सिटीको अग्रता दोब्बर हुन पुग्यो । त्यसपछि खेल सकिनु केही समय अघि अर्थात ८५औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३–० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शिर्षस्थानमा पनि उक्लिन पायो । 

यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक बटुलेको छ भने पराराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ । हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले ३३ औँ खेलवाट यो कीर्तिमान बनाएका हुन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com