इंग्लीश प्रिमियर लिग : आर्सनलद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

इंग्लीश प्रिमियर लिग : आर्सनलद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ ।

आफ्नै मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन एडी एन्केतियाले दुई गोल गर्दा बुकायो साकाले एक गोल थपेका थिए । म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्ड र लि मार्टीनेजले एक एक गोल गरेका थिए ।

जितसँगै आर्सनलले प्रिमियर लिगको उपाधि दावेदारी झनै बलियो पारेको छ । अंक तालिकामा १९ खेलबाट आर्सनलको ५० अंक भएको छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ४५ अंकसहित दोस्रो स्थानमा रहेकाे छ ।

आइतबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले वुल्भर ह्याम्पटन वान्डरर्सलाई ३–० ले पराजित गरेकाे हाे । म्यान्चेस्टर सिटीका लागि अर्लिङ ब्रट हाल्याण्डले ह्याट्रिक गरेका हुन् ।

प्रिमियर लिगकै अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com