इंग्लिस प्रिमियर लिग: टोटेनहमको जीत

इंग्लिस प्रिमियर लिग: टोटेनहमको जीत

लन्डन । टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथी बिजय हासिल गरेको छ ।  इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम माथी २–० ले बिजय हासिल गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्ट ह्यामले टोटेनहमलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । र, ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । 

७२औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल हुन पुगे । यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २४ खेलबाट ४२ अंक पुगेको छ । पराजित वेस्ट ह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com