युरोपा लिग: टोउलोउससँग लिभरपुल पराजित

युरोपा लिग: टोउलोउससँग लिभरपुल पराजित

लन्डन । लिभरपुल युइएफए युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब टोउलोउससँग पराजित भएको छ । गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा लिभरपुल टोउलोउससँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

टोउलोउसको जितमा एरोन डोनम, थिस डालिंगा र् फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि डिओगो जोटाले एक गोल गरेका थिए भने एक गोल टोउलोउसका क्रिस्टियन कासेरेज जुनियरले आत्मघाती गोल गरेका थिए ।

यस सिजनको युरोपा लिगमा लिभरपुलको यो पहिलो हार हो । यो हारपछि समुह ई मा लिभरपुलको ४ खेलमा ९ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै यो जितपछि टोउलोउसको भने ४ खेलमा ७ अंक भएको छ र समुहमा द्सोरो स्थानमा रहेको छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com