युरोपा लिग : जिलुसेसँग लिभरपुल पराजित

युरोपा लिग : जिलुसेसँग लिभरपुल पराजित
KENZO TRIBOUILLARD

लन्डन । युईएफए युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुल, युनियन सेन्ट जिलुसेसँग पराजित भएको छ । युनियनको मैदानमा भएको खेलमा लिभरपुलले २-१ को हार बेहोरेको हो ।

खेलको ३२ औँ मिनेटमा मोहम्मद अमोउराले गोल गरेरे घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा ६ मिनेट बाँकी रहँदै जरेल क्वान्साहले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

यता ४३ औँ मिनेटमा युनियनका कामेरोन पुर्टेलासले गोल गरेपछि लिभरपुल फेरि पछि पर्‍यो । दोस्रो हाफमा दुवै टिमले गोल नगर्दा युनियन विजयी भयो । यो खेलमा हारे पनि समूहको विजेता रहँदै लिभरपुल नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलअघि नै समूह विजेता बन्ने पक्का भएका कारण लिभरपुलले गएराति युवा खेलाडीले भरिएको टिमलाई मैदानमा उतारेको थियो । गएरातिकै खेलमा लास्कलाई टुलुजले २-१ ले हराएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com