इटालीका पूर्व स्ट्राइकर भियालीको निधन

इटालीका पूर्व स्ट्राइकर भियालीको निधन

काठमाडौं । इटालीका पूर्व स्ट्राइकर जियानलुका भियालीको निधन भएको छ । क्यान्सरको कारण स्ट्राइकर जियानलुकाको ५८ वर्षको उमेरमा शुक्रबार लण्डनमा निधन भएको हो ।

जियानलुका लामो समयबाट प्यान्क्रियाटिक क्यान्सरबाट पीडित थिए । इटालीका लागि उनले ५९ खेलमा १६ गोल गरेका थिए ।

उनले क्लब फुटबलमा चेल्सी, युभेन्ट्स र साम्पडोरियाका लागि खेलेका थिए । जियानलुकाले चेल्सीको मुख्य प्रशिक्षक रहेर काम समेत गरेका थिए ।

इटालीले २०२० को युरोकप जित्दा उनी रोबर्टो मान्सिनीको ब्याकरुम टोलीमा रहेर काम गरेका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com