फूलहम र म्यानचेस्टर युनाइटेड विजयी

फूलहम र म्यानचेस्टर युनाइटेड विजयी

लन्डन । इंग्लिस प्रिमियर लिगमा फूलहम र म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स) लाई २–० गोल र साउथह्याम्टनसँग फुलहम २–० ले अन्तरले बिजयी भएको हो । 

शनिवार राती भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो  ग्रान्चोले गोल  गरे पछि युनाइटेडले २–० को जित निकालेको हो । यो जीतसँग ६६ अंकका साथ युनाईटेड चौथो स्थानमा छ भनेृ पराजितवुल्भ्स भने ४० अंकका साथ १३ औं स्थानमा छ ।

साउथह्याम्टन ११ बर्ष पछि रेलिगेसनमा

साउथह्याम्टन इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । घरेलु मैदानमै फुलहमसँग २–० ले पराजय भएको साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी रहदैँ रेलिगेसनमा परेको हो । प्रिमियर लिग अन्तरगत शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो । 

दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १–० को अग्रता लिन सफल भयो र ७२औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो । अन्ततः फुलहम २-० ले बिजेता बन्यो ।  यस जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com