रोमा र एसी मिलानको सानदार जित

रोमा र एसी मिलानको सानदार जित
google

इटालियन सिरि ए लिगमा रोमा र एसी मिलानले सानदार जित निकालेका छन् । आइतबार राति भएको खेलमा दुवै टोलीले सानदार जित निकालेका हुन।

प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रोमाले सालेर्निटानालाई ४-० गोल अन्तरले पराजित गरेको हो । रोमाको एकपक्षीय जितमा लोरेन्जो पेलेग्रेनीले दुई गोल गर्दा जोर्डन भेरेटोउट र टमि अब्राहमले एक-एक गोल गरे ।

लगातार दोस्रो जितसङै रोमा सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सालेर्निटाना दुई खेलबाट विना अंक रेलिगेशन जोनमा रहेको हो ।

अर्को खेलमा एसी मिलानले कागलियरीलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ । मिलानको जितमा चेल्सीबाट भर्खरै आएका ओलिभियर जिराउडले दुई तथा सान्द्रो टोनाली तथा राफेल लिओले एक/एक गोल गरे ।

कागलियरीको लागि एलेक्सान्द्रो डाइओलाले एक सान्त्वना गोल गरे ।

लगातार दोस्रो जितसङै मिलान ६ अंकसहित चौथो स्थानमा छ । समान दुई खेलबाट एक अंक जोडेको कागलियरी तालिकाको १४ औँ स्थानमा छ ।

रोमा र एसी मिलानको सानदार जित
पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com