आईपीएल क्रिकेटको फाइनलमा गुजरात

आईपीएल क्रिकेटको फाइनलमा गुजरात

नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो ।

गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । गुजरातले अब उपाधिको लागि आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । पछिल्लो वर्ष पहिलोपटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com