हङकङ र नेपालको खेल रद्द : नेपाल समूह चरणबाटै बाहिरियो

हङकङ र नेपालको खेल रद्द : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेलका कारण रद्द भएको छ । खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे हङकङको मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र हङकङले १/१ अंक बाडेका छन् । अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतको ‘ए’ टोलीसँगको खेल पानी परेका कारण प्रभावित हुँदा अंक बाँडेको थियो ।

नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com