विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दै

विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दै छन् । घरेलु टोली भारत र अष्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ । अष्ट्रेलिया एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोली हो । उसले पाँच पटक विश्वकप जितेको छ ।

भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् । विश्वकप क्रिकेटमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । १३ औँ संस्करणको विश्वकपमा न्युजिल्यान्ड, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेका छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com