अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा शिभम दुवेले अविजित ६० रन बनाएका थिए भने रिंकु सिंहले अविजित १६ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले २६, शुभमन गिलले २३, जितेश शर्माले ३१ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्मा शुन्यमा आउट भएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने अज्मातुल्लाह ओमरजाईले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि मोहमद नाबीले ४२ रन बनाए भने अजमतुल्लाह ओमरजाईले २९, कप्तान इब्राहिम जद्रानले २५, रह्मतुल्लाह गुरबाजले २३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर मुकेश कुमार र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने शिभम दुवेले एक विकेट लिएका थिए । यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० ले  अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com