ईन्फान्टिनो फिफा अध्यक्षमा पुनः निर्वाचित हुने

ईन्फान्टिनो फिफा अध्यक्षमा पुनः निर्वाचित हुने

काठमाडौं । फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुने भएका हुन् ।

रुवान्डामा आगामी मार्चमा हुने फिफा कांग्रेसबाट उनी पुनः निर्वाचित हुनेछन् ।

५२ वर्षीय र्ईन्फान्टिनो २०१६ मा फिफा अध्यक्ष चुनिएका थिए । सेप ब्लाटरपछि र्ईन्फान्टिनो अध्यक्ष निर्वाचित भएका थिए ।

यस्तै उनी २०१९ मा दोस्रो कार्यकालका पुनस् निर्वाचित भएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com