अन्तर्राष्ट्रिय क्रिकेट : युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

 अन्तर्राष्ट्रिय क्रिकेट : युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई २ सय ६४ रनको लक्ष्य दिएको छ।

आज सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले भने मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए। यस्तै एलिशन शाराफुले २९ रन बनाए। बसिल हामिदले १४ रन जोडे र

आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए। यता नेपालका लागि गुलशन झाले २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com