युभेन्टस र सेभियाले खेले बराबरी

युभेन्टस र सेभियाले खेले बराबरी

लन्डन । युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र सेभिल्लाले बराबरी खेलेका छन् । इटालीको युभेन्ट्स र स्पेनिस क्लब सेभियाले १–१ को बराबरी खेलेका हुन् ।

खेलको २६ औं मिनेटमा युसुफ नासिरीले गोल गर्दै सेभिल्लाकालाई अग्रता दिलाएका थिए । त्यसपछि, इन्जुरी समयको अन्तिम मिनेटमा फेडेरिको गट्टीले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए । अब दोस्रो लेग मे १९ मा सेभिल्लाको मैदानमा हुने छ ।

पहिलो लेगमा रोमाद्वारा लिभरकुजेन पराजित

पहिलो सेमिफाइनलको पहिलो लेगमा इटालीको ए.एस रोमाले जर्मनीको बायर लिभरकुजेनलाई पराजित गरेको छ । शुक्रबार बिहान सकिएको खेलमा रोमाले लिभरकुजेनलाई १–० ले पराजित गरेको हो । इटालीको रोममा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडुवार्डो बोभेले ६२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै रोमाले फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । दोस्रो लेगको खेल अर्को हप्ता जर्मनीमा हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com