लाउरेस स्पोर्टस अवाडको उपाधी मेस्सीलाई

लाउरेस स्पोर्टस अवाडको उपाधी मेस्सीलाई

पेरिस । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधी जीतेका छन् । मेस्सिका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जीत हासिल गरेको छ ।

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु’ भन्दै प्रतिक्रिया दिएका छन् । 

गत विश्वकपको उपाधि जिताउन मुख्य भुमिका खेलेका अर्जेन्टिनाका कप्तान मेस्सिले गत विश्वकपमा गोल्डेन बल जित्न सफल भएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com