लिभरपुल र सिटी एफए कपको चौथो चरणमा

लिभरपुल र सिटी एफए कपको चौथो चरणमा

लन्डन । लिभरपुल र म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । लिभरपुलले आर्सनललाई २–० र सिटीले हर्डल्सफिल्ड टोउनलाई ५–० गोलले पराजित गरेर चौथो चरणमा स्थान बनाएका हुन् ।

गएराति भएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलमाथि २–० गोलको जित हात पारेको हो । इमिरेट्स स्टेडियममा आर्सनलले सुरुवाती अग्रता लिने अवसर गुमाउनुको मूल्य प्रतियोगिताबाट बाहिँरिदै चुकायो । पहिलो हाफमा मिकेट अर्टेटाको टोलीले लिभरपुलविरुद्ध दबाब बनाएको थियो । मार्टिन ओडेगार्डको प्रहार बारमा लाग्दै बाहिरियो ।

८० औं मिनेटमा लिभरपुलले आत्मघाती गोलमार्फत डेडलक तोड्यो । ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको फ्रि किक आर्सनलका याकुब कियोरको टोउकोमा डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । इन्जुरी समयमा लुइस डियासले गोल गरेपछि लिभपुलले २–० को जितका साथ चौथो चरणमा स्थान सुरक्षित गर्‍यो । आर्सनलको यो लगातार तेस्रो हार हो ।

यता म्यानचेस्टर सिटीले हर्डल्सफिल्ड टोउनलाई ५–० गोलले पराजित गरेको छ । यसै खेलमार्फत सिटीका केभिन डी ब्रुयना चोटमुक्त हुँदै मैदान फर्किए । इत्तिहाद स्टेडियममा सिटीले खेलको ३३ औं मिनेटमा फिल फोडनको गोलमार्फत अग्रता लिएको थियो ।

३७ औं मिनेटमा युलियन अल्भारेजले गोल गरेपछि पेप ग्वार्डिवालाको टोली पहिलो हाफमा २–० ले अघि रह्यो । प्रशिक्षक ग्वार्डिवालाले ५७ औं मिनेटमा अल्भारेजको स्थानमा डी ब्रुयनालाई मैदान प्रवेश गराएका थिए । हामस्ट्रिङमा चोट लागेपछि उनी गत अगस्ट यता मैदान बाहिर रहँदै आएका थिए ।

५८ औं मिनेटमा च्याम्पियनसिप साइड हर्डल्सफिल्डले आत्मघाती गोल गर्‍यो । बेन ज्याक्सनले आफ्नै पोस्टमा गोल गरेपछि सिटी ३–० यको दूरी बनाउन सफल भएको थियो । ६५ औं मिनेटमा फोडनले व्यक्तिगत दोस्रो गोल गरे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com