पहिलो लेगमा फुलहमविरुद्ध लिभरपुलको पुनरागमन जित

पहिलो लेगमा फुलहमविरुद्ध लिभरपुलको पुनरागमन जित

लन्डन । लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले फुलहमलाई पराजित गरेको छ । एनफिल्डमा लिभरपुलले फुलहमविरुद्ध २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको हो ।

भ्रमण टोली फुलहमले पहिलो हाफमा अग्रता लिए पनि जोगाउन सकेन । १९ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा ३ मिनेट भित्र २ गोल गर्दै लिभरपुलले पुनरागमन गर्‍यो ।

कर्टिस जोन्सले ६८ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको ३ मिनेटपछि वैकल्पिक खेलाडी कोडी गाक्पोले डार्विन नुनेजको पासलाई गोलमा परिणत गरे । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा लिभरपुल २–१ ले विजियी भयो । योसँगै एक महिनाको अन्तरालमा लिभरपुलले फुलहमविरुद्ध एनफिल्डमा दोस्रो पटक पुनरागमन जित हात पार्‍यो । लिभरपुल एनफिल्डमा १६ खेलमा अपराजित छ ।

दुई टोलीबीचको दोस्रो लेग जनवरी २४ मा क्रभेन कुटेजमा हुनेछ । जहाँ योर्गेन क्लोपको टोली कीर्तिमान विस्तार गर्दै १० औं पटक लिग कप जित्ने अपेक्षालाई जिवित राख्ने योजनामा हुने छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com