बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न दुई खेल बराबरीमा टुंगिएको छ । म्यानचेस्टर युनाइटेड र टोटेनहमबीचको खेल २–२ गोलको बराबरीमा टुंगियो भने एभरटन र एस्टेन भिल्लाबीचको तनावपूर्ण खेल गोलरहित बराबरीमा टुंगियो ।

बराबरीसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको ऐस्टेन भिल्लाले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । २१ खेल खेलेर ४३ अंक बटुलेको ऐस्टेन भिल्ला र शीर्ष स्थानमा रहेको लिभरपुलको २ अंक दुरी छ । लिभरपुल ४५ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा म्यानचेस्टर सिटीसँग पनि ४३ अंक छ ।

म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम २-२ गोलको बराबरीमा रोकिएका हुन् । म्यानचेस्टर युनाइटेडले खेलमा दुई पटक अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो । खेलको तेस्रो मिनेटमा नै रासमस होजलण्डको गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेडले खेलको १९औं मिनेटमा गोल खाएको थियो ।

टोटनह्यामका लागि रिचार्लिशनले बराबरी गोल गरेका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुन: अग्रता दिलाएका थिए । तर दोस्रो हाफको पहिलो मिनेटमा नै टोटनह्यामका रोड्रीगो बेन्टानकरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि टोटनह्यामको २१ खेलमा ४० अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको भने २१ खेलमा ३२ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com