म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी

म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ । प्रिमियम लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड लिगको पुछारमा रहेको साउथहेम्टनसँग बराबरीमा रोकिन पुगेको हो  ।

पहिलो हाफमा कार्लोस अल्कारेजलाई फल गरेपछि क्यासिमेरोले ३४ औ मिनेटमा सिंधै रातो कार्ड पाए । भिएआर चेकिङ पछि रातो कार्ड दिएर क्यासिमिरोलाई मैदानबाट बाहिर पठाउँदा पहिलो हाफमा नै युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो ।

त्यसपछि पनि केही राम्रा मौका चुकाई गोल गर्न नसके पछि युनाईटेड तीन अङ्कबाट बञ्चित हुन पुग्यो ।  बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ ।

युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ । साउथह्याम्टन २२ अंक जोडेर पुछारमा छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com