म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा प्रवेश

म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । बर्नलेलाई हराउँदै म्यान्चेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा भएको खेलमा युनाइटेडले बर्नलेलाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडका लागि क्रिश्चियन एरिक्सन र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

बुधबार राति भएको अर्को खेलमा ब्ल्याकबर्न रोभर्सलाई ४–१ ले हराउँदै नटिङ्घम फरेष्ट पनि क्वार्टरफाइनलमा उक्लियो । यसैगरी ब्राइटनलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै चार्लटन एथ्लेटिक पनि प्रतियोगिताको क्वार्टफाइनलमा प्रवेश गरेको छ ।

काराबाओ कप फुटबलको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा बिहीबार राति दुई उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुल भिड्नेछन् । यो खेल म्यान्चेस्टर सिटीको मैदानमा हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com