मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि

मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि

काठमाडौँ । लियोनेल मेसीले फिफा बर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको बार्षिक कार्यक्रममा मेसीलाई २०२३ को बर्ष खेलाडीको उपाधि दिइएको हो ।

मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको बर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेसीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा बर्ष खेलाडीको अवार्ड समेत जितेका छन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको बर्ष खेलाडीको अवार्ड जितेका थिए ।

त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला बर्ष खेलाडीको अवार्ड जितेकी छन् ।  

त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको बर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।   

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com