घरेलु मैदानमै सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

घरेलु मैदानमै सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

राेम । एसी मिलान इटालियन सिरी ‘ए’ मा मिलान सालेरनिटानासँग बराबरीमा रोकिन पुगेको छ । घरेलु मैदानमा मिलान सालेरनिटानासँग १–१ गोलको बराबरी रोकिन पुगेको हो ।

सोमबार राति भएको खेलमा मिलानले पहिलो हाफको पहिलो मिनेटमा स्माइल बेनाकरको पासमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो तर त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन । 

६१औं मिनेटमा सालेरनिटानाका बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com