नेपोलीको लाजियासँग १-० ले पराजित, अपराजित यात्रामा ब्रेक

नेपोलीको लाजियासँग १-० ले पराजित, अपराजित यात्रामा ब्रेक

राेम । इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्योहेरेको छ । पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्योहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो  ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली नेपोलीलाई ६७ औ मिनेटमा लाजियोका मेटिएस भेसिनोले गरेको गोल नै निर्णायक बन्यो । यो गोलको जवाफ फर्काउन नसक्दा नेपोली हारमा चित्त बुझाउन बाध्य भयो । 

२५ खेलमा २१ जित र २ बराबरी र २ हारको नतिजासँगै  शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ भने लाजियोको ४८ अंकसहित दोस्रो स्थानमा छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com