बहराइनलाई हराउँदै नेपाल शीर्षस्थानमा

बहराइनलाई हराउँदै नेपाल शीर्षस्थानमा

काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। ​

बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउँदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए। देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमवल ५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो।​ बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेश क‌डेलले ६ विकेट लिएका थिए । दिपेशले ९ दशमवल ५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए। त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए।

नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेबिया खेल्ने छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com