सुपर ओभरमा नेपाल पराजित, उपाधि ओमानलाई

सुपर ओभरमा नेपाल पराजित, उपाधि ओमानलाई

काठमाडौं । काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि हात पार्न नेपाल चुकेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको हो । 

नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएको थियो । 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com