नेपाल-भारत मैत्रीपूर्ण खेल: पहिलो हाफमा नेपाललाई अग्रता

नेपाल-भारत मैत्रीपूर्ण खेल: पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडौं, १७ भदौ

अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ ।

दशरथ रंगशालामा पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको हो । खेलको ३६ मिनेटमा गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएका हुन् ।

भारतका डिफेण्डर चिङ्लेन्सानसिङ र गोलकिपर गुरप्रीत सिंहको समन्वयको अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् ।

नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल आयोजना भइरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com