
काठमाडौं । काठमाडौँ नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । आज भएको खेलमा फार वेष्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हरायो । १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८ ओभर १ बलमा एक सय ४६ रनमा अलआउट भयो ।
यसअघि फार वेष्टले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । भोलि पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन् ।
विजेता सिधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, विराटनगर र काठमाण्डौले प्ले अफ खेल्नेछन् । हार्ने टोली बाहिरिनेछ भने जित्ने टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटरमा लुम्बिनी र जनकपुरबीचको विजेतासँग खेल्नेछ ।