नेपाल टी-ट्वान्टी लिग मंसिर २६ बाट पुस १६ सम्म हुने

नेपाल टी-ट्वान्टी लिग मंसिर २६ बाट पुस १६ सम्म हुने

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ । डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुनेछ । प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ ।

यस लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com