आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने
SAJAN

काठमाडौं । नेपालले आगमी महिना यूएईमा हुने १९ वर्ष मुनिको आइसिसी विश्वकप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले १९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालले खेल्ने तालिका सार्वजनिक गर्दै दोस्रो खेल फागुन १३ गते कुवतेसँग खेल्ने बताएको छ ।

अन्तिम खेल फागुन १८ गते युएईसँग खेल्नेछ ।

युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलङ्कामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com