पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

 पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी
RATNA SHRESTHA

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गोलले हरायो ।

नेपालको जितमा अञ्जन विष्टले गोल गरे । उनले खेलको ८३ औँ मिनेटमा गोल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गोल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

विश्व फुटबल महासङ्घ (फिफा)ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेको हो ।

योसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com