नेपालले जित्यो महिला च्याम्पियनसिपको उपाधि

नेपालले जित्यो महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा उपाधि जितेको छ । आज शुक्रबार भएको खेलमा बंगलादेशसँग १–१ गोलाको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।

ढाकामा नेपालले सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि सुशीला केसीले १४ औं मिनेटमा गोल गरिन् ।

उता बंगलादेशका लागि रुक्मा एक्तरले गोल गर्दा बंगलादेश बराबरीमा आयो । बराबरी भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै १० अंक जोडेर च्याम्पियन बन्यो । उता बंगलादेशले ७ अंक जोडेर तेस्रो भयो ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com