फिफाको महिला वरीयतामा नेपाल यथावत

फिफाको महिला वरीयतामा नेपाल यथावत

काठमाडौं । नेपालको फिफा महिला वरीयतामा यथावत रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १०३ औं स्थानमा रहेको छ ।

अघिल्लो पटकको वरीयतामा समेत नेपाल १०३ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५८ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा उक्लिएको छ भने स्विडेन तेस्रो स्थानमा झरेको छ ।

इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै क्यानडा छैठौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com