विश्वकप छनोटमा अमेरिकामाथि नेपालको सानदार जित

विश्वकप छनोटमा अमेरिकामाथि नेपालको सानदार जित
Published on
Updated on

काठमाडौं । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।

नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गरेका उनले ७ चौका र १ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए ।

अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट लिए ।

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि सायन जाँहागिरले अविजित १०० रन बनाए । त्यस्तै सुशान्त मोदानीले ४२ रन बनाउँदा गजानन्द सिंहले २६ रनको योगदान गरे । नेपालका लागि करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रनमात्र खर्चे । त्यस्तै गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर कुल ३ विकेट लिए ।

कुशल भुर्तेलको ९९ रनमा नेपालले २ सय ९० रन बनाए पनि पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com