एनएसएल : आज चितवन र धनगढी भिड्दै

एनएसएल : आज चितवन र धनगढी भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा अपराजित टोली धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर पनि छ ।

धनगढीले हालसम्म चार खेल खेल्दा २ जित र २ बराबरी गरेको छ । धनगढी ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । आज चितवनसँग जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।

पाँच खेलबाट पाँच अंक बटुलेको चितवन बटम हाफमा छ । पाँच खेलमा चितवनले २ खेल बराबरी,दुई खेलमा पराजय तथा एक खेल मात्र जितेको थियो । जारी एनएसएलमा ललितपुर सिटी एफसी ५ खेलबाट ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com