पाकिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनल पुग्ने चौथो टिम बनेको हो ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गरेको हो । उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए।

बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १९१ विकेट लिए।त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

बंगलादेशलाई सस्तैमा रोक्न पाकिस्तानका शाहिन साह अफ्रिदीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए।

पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ।

नेदरल्याण्डको जितले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमिफाइनल पुगेको छ। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समूह विजेताको रुपमा सेमिफाइनल पुग्नेछ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com