नेपालविरुद्ध हुने फुटबलका लागि वासिरको कप्तानीमा पाकिस्तानको टोली घोषणा

नेपालविरुद्ध हुने फुटबलका लागि वासिरको कप्तानीमा पाकिस्तानको टोली घोषणा

एजेन्सी । पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ ।

फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकट मूल्य समेत निर्धारण गरेको छ । सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रूपैयाँ निर्धारण गरेको छ।

नेपालले शुक्रबार पाकिस्तान विरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यसपटक टोलीको प्रशिक्षकमा प्रवेश कटुवाल रहेका छन् ।

पाकिस्तानी टोलीमा गोलकिपर साबिक हानिफ,युसुफ इजाज बट,अब्दुल बासित रहेका छन् ।

रक्षक राओ उमर हायात,जेन उल अबादिन,जुदैन शाह, सोहेल खान, अब्दुल्लाह शह, सरदार वाली,हासिब अहमेद खान,मोहमुन मोसा खान

मिडफिल्डर: उमर अली, जैनुल अविदिन,अब्दुल कादिर खान,अलामगिर,मोहम्मद आनन्द याकुव,आनन्द साहिद

स्ट्राइकर: मोहम्मद अफ्जल,हुसैन वासिर,मुहामेद वाहिद,वालिद खान,सायक दोस्त, आदिल युनुस

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com