पिएम कप : मधेस प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश

पिएम कप : मधेस प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।

आज (बिहिबार) कीर्तिपुर मैदानमा भएको खेलमा मधेस प्रदेशलाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । मधेसले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो ।

एपीएफका लोकेश बमले ३५, प्रदीप ऐरीले ३३ र आशिफ शेखले २५ रन बनाए । मधेसका रुपेश सिंहले दुई र राजेश यादवले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मधेस ३१ ओभरमा एक सय २२ रनमा आलआउट भयो । उसका लागि रुपेश सिंहले ३६ र सन्तोष कार्कीले २० रन बनाए । एपीएफका कमल ऐरीले चार तथा भुवन कार्की र मौसम ढकालले दुईरदुई विकेट लिए ।

अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसले भोलि शुक्रवार दोस्रो सेमिफाइनल खेल्दैछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com