
काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको छ ।
आज टियु मैदानमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा उपुल थरङ्गा ले ५८ र सुमित मर्हजनले ७६ रन जोड्नुभयो ।
कुशल मल्ल १४ रनमा अविजित रहनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेल्नुभयो ।
त्यस्तै सुनाम गौतमले ४५ तथा विरनदिप सिंहले ३२ रन बनाउनुभयो । छ खेल खेलेर ३ जित तथा ३ हार बेहोरेको काठमाडौँ ६ अङ्क सहित तालिकाको तेस्रो स्थानमा छ ।
आठ खेलमा तीन जित हात पारेको पोखरा छ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।