राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरको राजिनामा

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरको राजिनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै प्रभाकर पनि सुटुक्क भारत प्रस्थान गरेका थिए । तर, उनले पद त्यागेको हो या हैन भन्ने कुरा नेपाल क्रिकेट संघ ९क्यान०ले औपचारिक घोषणा गरेको थिएन ।

बिहीबार क्यानले प्रभाकरको राजीनामा स्वीकृत गरेको जानकारी गराएको छ । यस्तै, क्यानले उनलाई आगामी यात्राका लागि शुभकामना पनि दिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com