प्रिमियर लिग : एस्टन भिल्लासँग ब्राइटन पराजित

प्रिमियर लिग : एस्टन भिल्लासँग ब्राइटन पराजित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले १४औँ र इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गरे ।

फुलह्यामका लागि ६१औँ मिनेटमा डानिल जेम्सले गोल गरे । जितसँगै युनाइटेड १४ खेलमा २४ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । फुलह्याम १९ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

ईपीएल अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले पराजित गरेको छ । भिल्लाका लागि दुवै गोल ड्यानी इन्ग्सले गरे । ब्राइटन २१ अङ्का साथ सातौँ स्थानमा झरेको छ भने भिल्ला १८ अङ्कमा १२औँ स्थानमा उक्लेको छ ।

अन्तिम अपडेटस् कात्तिक २८, २०७९

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com