प्रधानमन्त्री कप : आर्मी फाइनलमा प्रवेश

प्रधानमन्त्री कप : आर्मी फाइनलमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ ।

आज शुक्रवार कीर्तिपुरको त्रिवि मैदानमा भएको रोमाञ्चक खेलमा पुलिसलाई दुई विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

पुलिसले दिएको तीन सय पाँच रनको लक्ष्य आर्मीले एक बल बाँकी छँदा आठ विकेट गुमाएर भेटायो । उसका लागि रोहित पौडेलले ८९, हरि चौहानले ७५, र राजेश पुलामी मगरले नटआउट ४३ रन बनाए । बलिङतर्फ पुलिसका करण केसीले छ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रन बनायो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले एक सय ४० र आरिफ शेखले नटआउट ९१ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए ।

अब आर्मीले भोलि शनिवार उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि बिहान ९ बजे कीर्तिपुरमा हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com