इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने
Published on
Updated on

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।

इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ ।

८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिष्पर्धा गराइनेछ । विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त आयोजकले बताएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्स वुम्यानलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिन आयोजकको भनाइ छ । साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा कुल १ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान आायेजकको छ । राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने सहमति भएको छ । खेलकुद पर्यटन नै विकास समृद्धिको आधार भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com