महिला टी-२० क्रिकेटको फाइनलमा आज प्रदेश नम्बर–१ र सुदूरपश्चिम खेल्दै

महिला टी-२० क्रिकेटको फाइनलमा आज प्रदेश नम्बर–१ र सुदूरपश्चिम  खेल्दै

काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनल खेलमा प्रदेश नम्बर–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फाइनल खेल मध्याह्न १२ बजेबाट सुरु हुने भएकाे छ । दुवै टोली उपाधि जित्ने योजनासहित मैदानमा उत्रिने भएका छन् ।

प्रदेश–१ ले दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान निश्चित गरेको हो । सुदूरपश्चिमले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई १ सय ८१ रनले हराएर फाइनलमा स्थान बनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउने भएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com