इन्जुरी समयमा मेस्सीले फ्रि किक सदुपयोग गर्दा पिएसजीको जीत

इन्जुरी समयमा मेस्सीले फ्रि किक सदुपयोग गर्दा पिएसजीको जीत

पेरिस । पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो । 

यसअघि काइलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे । 

तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याई दिए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।

तर, खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुन गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्‍यो । लिग वानमा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १–० को हार बेहोरेको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com