रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध

रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध

स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको म्याड्रिड घरेलु टोली सोसिडाडसँग २–० ले स्तब्ध बनेको हो । सोसिडाडको जितमा ताकेफुसा कुबो र एन्डर बारेनसिएले एक एक गोल गरे ।

खेलको ४७ औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै सोसिडाडलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ८५ औं मिनेटमा एन्डर बारेनसिएले गोल गर्दै सोसिडाडलाई २–० को जित दिलाए । यस्तै, खेलको ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा यथावत छ । म्याड्रिड ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com