हैदरावादद्वारा केन विलियम्सनलाई रिलिज

 हैदरावादद्वारा केन विलियम्सनलाई रिलिज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदरावादले केन विलियम्सनलाई रिलिज गरेको छ ।

हैदरावादले टिमका कप्तान समेत रहेका विलियम्सनलाई रिलिज गरेको हो । गत सिजन उनी टिमका सर्वाधिक महँगा खेलाडी थिए ।

विलियम्सन ८ सिजन हैदरावादमा बिताएर रिलिज भएका हुन् । न्युजिल्याण्डका कप्तान समेत रहेका उनले हैदरावादका लागि ७६ खेल खेल्दा २ हजार १ सय १ रन बनाएका थिए ।

विलियम्सनको कप्तानीमा हैदरावादले ४६ खेल खेलेको थियो । क्लबले रिलिज गरेपछि उनी अब अक्सनबाट नयाँ क्लब जाने छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com